हेटौंडा । हेटौंडामा गाइजात्रा बिशेष हास्यव्यङ्ग्य कार्यक्रममा आज दर्शकको हासोको सिमानै रहेन । हलभित्र खचाखच बसेका दर्शकहरुले कार्यक्रम अवधिभर हासेरै बिताए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को बिशेष सहयोगमा सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको गाइजात्रा बिशेष हास्यव्यङ्ग्य कार्यक्रममा दर्शकहरुले पेट मिचिमिचि हाँसे ।

सिस्नुपानीमा आवद्ध रहेकाहरुले सरकार, राजनीतिक दलका नेताहरुलाई धेरै व्यङ्ग्य गरेका थिए । नेताहरुका बिषयमा र समसामहिक विषयमा घोच, पेच गर्दै गाइजात्रा बिशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नविन सिग्देल र सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष आरसी रिजालले संयुक्त रुपमा उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिग्देलले विकास भनेको भौतिक मात्र नभइ संस्कृतिको पनि जगेर्ना गर्नुपर्न बताउनुभयो । विकास धेरै भएका छन् तर, सामाजिक क्षेत्रमा र संस्कृतिको जगेर्नाको क्षेत्रमा पनि वडा कार्यालयले काम गर्दै आएको बताउनुभयो ।

सिस्नुपानी नेपालका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यङ्ग्यात्मक प्रस्तुतीहरुले दर्शक निकै खुसी भएका थिए ।
