एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालको सय रन पूरा भएको छ । नेपालले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर सय रन पूरा गरेको हो । नेपालले चार विकेट गुमाएको छ ।
नेपालका, कुशल मल्ल पाँच बलमा दुई रन बनाएर रवीन्द्र जडेजाको बलमा आउट भए । यस्तै कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका छन् । उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउत भए । यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए ।
उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आजको खेलको बिजेता टोली सुपर फोरमा पुग्नेछ ।