काठमाडौँ । राष्ट्रपति बिधादेवी भण्डारीसमक्ष गणतन्त्र आयरल्याण्ड, गणतन्त्र आर्मेनिया र आईल्याण्डका गैर आवासीय राजदूतहरुले आज आ–आफ्रना ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति भण्डारीसमक्ष गणतन्त्र आयरल्याण्ड, गणतन्त्र आर्मेनिया र आईल्याण्डका गैर आवासीय राजदूतहरुले आ– आफ्ना ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र प्रधानसेनापतिसहित परराष्ट्र तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।