मकवानपुर- भारतले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि अतिक्रमण गथरेको घटनाप्रति जनसरोकार केन्द्र मकवानपुरले खेद प्रकट गरेको छ । केन्द्रको शनिबार हेटौंडामा भएको भेलाले भारतीय कदमको तिब्र खेद प्रकट गरेको हो । केन्द्रका संयोजक एबम् अधिवक्ता ध्रुबप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले नेपालको जमिन जवरजस्ती कव्जा गर्ने गरी भारतले सार्वजनिक गरेको नक्सालाई खारेज गर्दै भारतको सो कार्यप्रति खेद व्यक्त गरिएको हो ।

भारतको गलत कामको बिरुद्दमा अन्तराष्ट्रिय समर्थन जुटाई कुटनीतिकरुपमा भारतसँग वार्ता गरी नेपालको स्वाधीनताको रक्षा गर्न माग गर्ने निर्णय गरिएको छ । सबै नेपाली एकजुट भई भारतको गलतकार्यको बिरोध गर्दै आवश्यक परेमा देशले माग गरेको योगदान दिन तयार रहन पनि बैठकले नेपाली समाजसमक्ष आग्रह गरेको छ ।

त्यसैगरी, प्रदेश–३ को राजधानीमा भौतिक पुर्वाधार निर्माण गर्ने भनि आव २०७५/७६ मा बजेट बिनियोजन गरेर पनि कुनै काम अगाडि नबढेकोले गत आव र चालु आवमा प्रदेश राजधानीका लागि विनियोजन गरेको सम्पूर्ण रकम पुर्वाधार निर्माणमा खर्च गर्न माग गर्ने पनि निर्णय केन्द्रले गर।ेको छ ।

मकवानपुरका १० वटै स्थानीय निकायमा रहेका सार्वजनिक जग्गाको एकिन तथ्याङक संकलन गरी सो जग्गाको संरक्षण र प्रयोग गर्नको लागि सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग (हेटौंडा–सिस्नेरी–काठमाडौं) वनाउने भनि बिशेष गरी मकवानपुरवासीसँग अग्राधिकार शेयर, संस्थापक समुहको शेयर भनि प्रमाणपत्र समेत दिई रकम उठाएकोले र काम नगरेकोले जनताको रकम सुरक्षाको लागि उचित कदम चाल्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरिएको छ ।

बर्तमानको प्रमुख माग सुशासन नै रहेकोले सुशासनको पहिलो कदम देशको स्थायी सरकार कर्मचारीबाट नै शुरु गर्नु पर्ने भएकोले सम्पूर्ण सरकारी कार्यालयमा थोरै रकमले राख्न सकिने बिद्युतीय हाजिरीको व्यवस्था अनिवार्य गरी कार्यसम्पादन चुस्त राख्न माग गरिएको संयोजक चौलागाईले बताए । सबै कार्यालयमा अनिवार्य रुपमा सीसीटीभी जडान गरियोस् । विद्युतीय हाजिरी र सीसीटीभीमा भएको रेकर्ड सार्वजनिकरुपमा सबैले हेर्न र सार्वजनिक रुपमा जानकारी लिन सकिने व्यवस्था तुरुन्त गर्न बैठकले माग गरेको छ ।

कानूनीरुपमा कुनै कर्मचारीले आफ्नो रोजगारीको सिलसिलामा गरेका गलत कामको निगरानी गर्ने र पुरस्कृत वा सजाए गर्ने कानूनी व्यवस्था भएता पनि कार्यालय सेवाग्राहीको पनि भएको र कार्यालयमा कर्मचारीले कुन समयमा आउने वा के कसरी काम गरेका छन ? भन्ने जानकारी लिन र हेर्न पाउने भएकोले विद्युतीय हाजीरीले कर्मचारीलाई समयमा नै हाजिर भए नभएको एकिन गर्ने र सीसीटीभीले कर्मचारीलाई काम गर्न प्रोत्साहीत गर्ने भएकोले यी कुराहरु सबैले हेर्न सक्ने व्यवस्था गगर्न माग गरिएको संयोजक चौलागाईले बताए । प्रत्यक नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिनका लागि सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

हेटौंडाका सडकमा सवारी रोक्दा सडक साँगुरो भएको र दुर्घटनाको जोखिम बढी भएकाले तुरुन्तै पार्कीङको व्यवस्था गर्न, हेटौंडा–काठमाडौ जोड्ने कान्तिराजपथको निर्माण अवधि समाप्त भईसक्दा पनि काम सम्पन्न नभएकोले काम सम्पन्न नगर्ने ठेकेदारको नाम सार्वजनिक गरी निजलाई कार्वाही गर्न पनि बैठकले माग गरेको छ । फाखेल सिस्नेरी सडकको मर्मत चाँडो गरियोस् भन्ने माग पनि बैठकले गरेको छ । मकवानपुरका मालपोत कार्यालय, कर कार्यालय, यातायात कार्यालय जस्ता आर्थिक कारोवार हुने कार्यालयमा कार्यालय समयसम्म रकम बुझाई काम गर्न सक्ने व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।जनसरोकार केन्द्रको सचिवमा सुधीर थापालाई जिम्मा दिने पनि बैठकले निर्णय गरेको अधिवक्ता चौलागाईले जानकारी दिएका छन् ।