एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई रवीन्द्र जडेडाले आउट गरेका हुन् ।
नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।