मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले आजबाट वडामा स्वास्थ्य अवस्था र लागुऔषध दुव्र्यसन सम्बन्धी तथ्याङ्क संकलन कार्य सुरु गरेको छ । वडाको कार्ययोजना तयार गर्न तथा जनतालाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने उदेश्यका साथ वडा कार्यालयले वडाका दीर्घ रोगीहरुको स्वास्थ्य अवस्था र वडामा लागुऔषध दव्र्यसनको अवस्था सम्बन्धी तथ्याङ्क संकलन कार्य सुरु गरेको हो ।

कार्यक्रमको आज एक समारोहका बिच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सुभारम्भ गर्नुभएको हो । कार्यक्रमको सुभारम्भ गर्नुहुँदै प्रमुख खुलालले वडा कार्यालयले सुरु गरेको काम सकारात्मक भएको बताउनुभएको छ । उहाँले आफ्नो वडाका नागरिकको स्वास्थ्य अवस्था तथा लागुऔषध दुव्र्यसनको अवस्थाका बारेमा तथ्याङ्क संकलन गरेर आगामी कार्य योजना बनाउन सकिने बताउनुभयो । उहाँले लागू औषधको दुव्र्यसन अहिले साझा समस्याका रुपमा देखा परेको भन्दै यसको समाधानका लागि सबैको सकारात्मक प्रयत्न जरुरी रहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्ण प्रसाद भण्डारीले ९ नम्बर वडा लागु औषधको ओसार–पसार र दुर्व्यसनको ट्रान्जिट प्वाइन्ट बन्दै गएको भन्दै यसको समाधानका लागि तथ्याङक संकलनको कार्य सुरु गरिएको बताउनुभयो । उहाँले बिकराल समस्याका रुपमा बढ्दै गएको लागुऔषध दुव्र्यशसन सम्बन्धी समस्या समाधनका लागि तथ्याङ्क संकलन कार्यमा सहयोग गर्न सबेलाई आग्ह गर्नुभयो । वडा कार्यालयले टोल विकास संस्थाको सहकार्यमा वडाका दीर्घ रोगीहरुको र सियान पुर्नस्थापन केन्द्रको सहकार्यमा लागु औषध सम्बन्धी तथ्याङ्क संकलनको कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

No description available.

टोल विकास संस्था वडा समन्वय समितिका सदस्य नारायण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य लक्ष्मी नेपाली, शसस्त्र प्रहरी बल १४ नम्बर गणका शसस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्रि, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफ्ले, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडालगायत विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिता रहेको गणेश हनुमान टोल विकास संस्थाका अध्यक्ष रमिला सापकोटाले जानकारी दिनुभयो ।