नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन् ।
एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । भुर्तेलले ४६औँ खेलमा एक हजार रन पूरा गरेका हुन् । उनी २५ बलमा ३८ रन बनाएर आउट भए ।श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको राम्रो सुरुआत गरेको छ ।