काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रतिनिधि सभामा उपस्थित २४९ जना सांसदमध्ये प्रधानमन्त्री देउवाले १ सय ६५ मत प्राप्त गर्नु भएको छ । विपक्षमा ८३ जना सांसदहरूले मतदान गर्नु भएको थियो भने १ मत तटस्थ रहेको थियो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजबादी पार्टी (जसपा), राजमो र माधव कुमार नेपाल पक्षीय सांसदहरूले पक्षमा मत दिनु भएको थियो भने एमालेले विपक्षमा मत दिएका थिए ।