मकवानपुर – नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानोकान्छी स्याङ्तानको समृतिमा नेकपा एमाले राक्सिराङ गाउँ कमिटीले आज २१ दिनको स्मृति सभा आयोजना गरेको छ । कोभिडका कारण असामयिक निधन हुनुभएकी स्याङतानले बिकट राक्सिराङ् क्षेत्रमा पु¥याउनु भएको योगदानलाई स्मरण गर्दै आज नेकपा एमालेका नेता र कार्यकर्ताहरुले आज उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

बिकट राक्सिराङ क्षेत्रमा महिला अधिकार, आर्थिक÷समाजिक सशक्तिकरण, समाज रुपान्तरणमा उहाँको योगदानलाई स्मरण गर्दै नेकपा एमाले राक्सिराङ गाउँ कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । सभामा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राणा, बागमती प्रदेश सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश सदस्य एवम् बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवम् मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, एमाले मकवानपुरका सचिव लालबहादुर थापा, एमले राक्सिराङ–३ का अध्यक्ष बाबुलाल स्याङ्तानलगायतले स्याङतानको सामाजिक, राजनैतिक यात्रा, उहाँले पार्टी निर्माणमा खेल्नुभएको भूमिका, बिकट क्षेत्रमाको विकास निर्माणमा लिनुभएको अग्रसरता जस्ता बिषयमा चर्चा र स्मरण गर्नुभएको थियो ।

उहाँको सरल जीवनशैली, पाट्रीप्रतिको योगदान, राक्सिराङको विकास जस्ता बिषयमा नेताहरुले भावुक प्रस्तुती गर्नुभएको थियो । सभामा केन्द्रिय सदस्य रानाले राक्सिराङमा एमालेलाई मजबुत बनाउन उहाँको यागदान अतुलनीय रहेको स्मरण गर्नुहुँदै उहाँको यागदानलाई चिरस्थायी नाउन सके मात्र स्याङ्तान प्रति साँचो श्रद्धाञ्जली हुने बताउनुभयो । सभामा प्रदेश कमिटी सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले राजनैतिकसंगै सामाजिक अभियन्ताका रुपमा समाज रुपान्तरणमा उहाँको योगदानको स्मरण गर्नुहुँदै उहाँको योगदानलाई अनुसरण गर्दै समाज रुपान्तरणमा लाग्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । उहाँका अधुरा सपनालाई पुरा गर्दै स्याङ्तानलाई चिरस्थायी बनाउन समाज परिर्वतनमा उहाँले देखाउनुभएको बाटो अबलम्बन गर्न समेत आग्रह गर्नुभयो ।

सभामा प्रदेश कमिटी सदस्य एवम् प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले महिला सशक्तिकरण र समाज रुपान्तरणमा स्याङतानको भुमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । प्रदेश कमिटी सदस्य एवम् मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले शोकलाई शक्तिमा बदल्दै समाज परिर्वतनमा उहाँले देखाउनुभएको बाटो अनुसरण गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । सभामा जिल्ला कमिटी सचिव लालबहादुर थापा, एमाले राक्सिराङ–३ का अध्यक्ष बाबुलाल स्याङतानले राक्सिराङले एउटा आमा गुमाएको धारणा राख्नुभयो । उहाँहरुले स्याङ्तानले देखाउनुभएको बाटो अवलम्बन गर्दै बिकट राक्सिराङमा एमलेको मार्ग दर्शनलाई आत्मसाथ गर्दै सामाजिक आर्थिक विकासमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सभामा परिवारका सदस्यहरु पनि सामेल भएर छोटो मन्तब्य राख्नुभएको थियो । उहाँका छोराहरुले आमाले देखाएको मार्गमा लाग्दै पाट्रीलाई थप उचाईमा पु¥याउन तर्फ लाग्ने धारणा राख्नुभयो ।
सभामा जिल्ल समन्वय समिति मकवानपुरकी सदस्य गणेश कुमारी प्रधान, भीमफेदी गाउँपालिकाकी उपमध्यक्ष पाबर्ती राना, कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ्, अनेम संघ जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेलगायत जिल्ला कमिटी सदस्यहरु, जिल्ला बचत संघ तथा सहकारीका सदस्य एवम् सहकारीकर्मीहरु, पाट्रीका नेता कार्यकर्ताहरुको उपस्थिती थियो । नेकपा एमाले राक्सिराङ् गाउँकमिटी अध्यक्ष सिंहराम रुम्बाको अध्यक्षतामा श्रद्धाञ्जली सभा आयोजना भएको हो ।