मकवानपुर– जिल्ला समन्वय मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको श्रमको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) को १६ औं स्थापना दिवशमा हेटौंडामा आज आयोजित श्रमिक अधिकार विषयक रचना बाचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलाले बौद्धिक तथा शारीरिक जस्तो सुकै श्रमीकले पनि आफ्नो श्रम अनुसारको मुल्य पाउनु पर्ने बताउनुभयो । संस्थागत विद्यालयमा काम गर्ने शिक्षकहरुले श्रम अनुसारको पाउन नसकेको भन्दै प्रमुख खुलालले आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्ने समेत बताउनुभयो । संस्थागत विद्यालयका शिक्षकहरुको न्योचित अधिकारका स्थापित गर्न जिल्ला समन्वय समितीले सधै साथ दिने प्रमुख खुलाललको भनाई थियो । संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुको हक हितका लागि स्थापना भएको संस्था इस्टुले यस विषयमा जानकारी गराएको भन्दै उहाँले यस विषयमा आफु गम्भीर रहेको धारणा राख्नुभएको थियो ।

इस्टुको १६ औं स्थापना दिवसको अवसमा विभिन्न साहित्यकारहरुले साहित्यको माध्यमबाट संस्थागत विद्यालयका शिक्षक रकर्मचारीको दुःख र समस्याको भाव प्रकट गरेका थिए । इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुकार प्रमुख लिलानाथ गौतम, हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देल, हेटौंडा ६ का वडाअध्यक्ष अर्जुन प्रसाद चौलागाई,लगायतको उपस्थिती रहेको थियो ।