मकवानपुर– मकवानपुरमा शुक्रबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४१ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एकजना दुई बर्षिय बालक समेत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्च्य निरिइाक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
शुक्रबार कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका २२ जना रहेका छन् । यस्तै कामको शिलसिलामा हेटौंडामा बस्दै आएका मकवानपुर जिल्ला बाहिरका दुईजनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो । शुक्रबार संक्रमित हुनेमा मकवानपुर बाहिरका नुवाकोट र लम्जुङका एक एक जना रहेका छन् ।

1111-1619178747.jpg