मकवानपुर– कोरोना भाइसरको संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ । बैशाख २ गते हेटौंडा अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हेटौंडा–४ का ५० वर्षीय एक पुरुषको आज भरतपुरमा मृत्यु भएको हो । उनले एक महिनदेखि क्षयरोगको औषधि खाइरहेका थिए भने कोलस्ट्ररको समस्या भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यो सहित हेटौंडा उपमहानगरपालिकामा मात्र कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या २८ जना पुगेको छ ।