मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले पार्टीका कामलाई थप व्यवस्थित रुपमा अगाडी बढाउन निर्देशन दिनुभएको छ । शनिबार हेटौंडा ९ नम्बर वडा कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै नेता खुलालले पार्टीका कामलाई थप रचनात्मक र व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

एमालले देशैभरी “मिसन ८४, मिसन ५१ प्रतिशत” अभियान व्यापक रुपमा सञ्चालन गरिरहेको छ । सोही अन्तरगत हेटौंडा–९ का संयोजक समेत रहनु भएका नेता खुलालले पार्टीको अभियान संचालनमा कार्यविभाजन अनुसार विभिन्न जिम्मेवारी प्राप्त गर्नुभएका पार्टी सदस्यहरुसंग अहिले सम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो । उहाँले पार्टीको अहिलेसम्मको कामको अवस्थाका बारेमा समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र यसपछि सञ्चालन गर्ने कार्यक्रमका विषयमा छलफल भएको बताउनुभयो । बैठकमा बोल्दै उहाँले हेटौंडा–९ मा पार्टीको काम व्यवस्थित रुपमा सञ्चालन भएको तथा पार्टीको गतिविधि थप व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिनुभयो ।
एमाले ९ नम्बर वडा कमिटीका अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षतामा बसेको बैठकले योजना कार्यनयन माथि समीक्षा गर्दै थप योजना पारित गर्दै सम्पन्न भएको हो । बैठकमा प्रदेश कमिटी सदस्य रामचन्द्र अर्याललगायत जिल्ला कमिटी,नगरकमिटी र वडाकमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।