file photo

मकवानपुर । मकवानपुर प्रहरीले ९५ हजार नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई हेटौंडाबाट र अर्का एक जनालाई राक्स्रिाङ गाउँपालिकाबाट पक्राउ गरेको हो ।
पैदल हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा रौतहटको कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा र २१ बर्षीय दिपेश दासलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीले उनिहरु दुवैजनालाई हेटौंडा–१५ चुरियामाई मन्दिर क्षेत्रस्थित सडक खण्डबाट पक्राउ गरेको जनाएको छ । दुवैजनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा नकक्ली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बताएपछि प्रहरीले तामाङलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।