मकवानपुर । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुर (युथ फोर्स विभाग) ले एक युवा पाँच बिरुवा अभियान अन्तरगत मकवानपुरको विभिन्न स्थानमा वृक्ष रोपण कार्यक्रम गरेको छ ।
युवा संघ नेपाल मकवानपुरले १ महिने वृक्ष रोपण अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नं.१३ स्थित गुम्बा पार्क परिसरमा विभिन्न प्रजातीको विरुवा रोपेको छ । यसअघि मकवानपुर जिल्लाको मनहरी र भिमफेदि गाउंपालिकामा पनि बिरुवा रोपेकोमा आइतबार गुम्बा पार्कमा बिरुवा रोपिएको हो ।
युथ फोर्स विभाग मकवानपुरका प्रमुख प्रकाश सुवेदीको सभाध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञावलीको प्रमुख आथित्यतामा बिरुवा रोपिएको हो । बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञावलीले विरुवा रोपेर युवाहरुलाई रचनात्मक र प्रभावकारी काममा लाग्नु पर्ने बताए ।
अन्य पार्टीका भातृसंगठनहरुले सुन प्रकरणमा मोतिहारहरुलाई बचाउन लागि परिहरहेका अवस्थामा एमालेको युवा संघ नेपालले रचनात्मक कार्य गर्दै वृक्षरोपण कार्यक्रममा लागेर उदाहरणीय काम थालेको दाबी गरे । समाजमा यसले राम्रो सन्देश दिने उनले बताए ।
यसैगरी पार्टीको मकवानपुर इन्चार्ज रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेशका सदस्य श्रीधर पोखरेल,नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देल,उपसचिव हिदम लामा, नगर कमिटिका अध्यक्ष शालिकराम पुडासैनी, युवा नेता सानु लामा, युवा संघ नेपालकी केन्द्रिय सदस्यद्धय दिलु घर्ती मगर, प्रकाश लामालगायत कबिर ३ सय युवाहरुको पार्क परिसरमा विभिन्न प्रजातिका ३ बढी बिरुवा रोपिएको प्रकाश लामाले बताए । संगठनले एक महिनाभर यो अभियान जारी राख्ने बताएको छ ।