मकवानपुर– काठमाडौंमा कोरोना संक्रमण पुष्टी भएका एक बालकका आफन्त हेटौंडास्थित आईसोलेसन वार्डमा भर्ना भएका छन् । जेठ २ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा काठमाडौं सतुंगल निवासी ७ बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । बालकका घरका १० जना थाहा नगरपालिकाका रहेको र उनीहरु गए राति १ बजे आइसोलेसन वार्डमा भर्ना भएको वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
आज उनिहरुको स्वाब संकलन गर्न लागिएको चौलागाईले बताउनुभएको छ । उनिहरुसंगै हाल आईसोलेसनमा २७ जना व्यक्तिहरु रहेको उहाँले बताउनुभयो । आइसोलेसनमा बालकका परिवारका १० जनासहित भारतबाट आएका १४ जना, पर्सा जिल्लाका १ जना, काठमान्डौका १ जना र सिन्धुलीका १ जना रहेको चौलागाईले जानकारी दिनुभएको छ । आज सबैको स्वाब संकलनको तयारी भएको समेत चौलागाईले जानकारी दिनुभयो । उनिहरु मध्ये एक जनामा मात्र सामान्य लक्षण देखिएको समेत वार्ड ईन्चार्ज चौलागाइले बताउनुभएकाे छ । हेटौंडा उपमहानगरपालिका–४ कर्रा स्थित श्रमिक माविमा गत चैत २७ गते निर्माण गरिएको आइसोलेसनमा हालसम्म दुइसय तीन जनालाई सेवा दिइएको इन्चार्ज चौलागाईले बताउनुभयो ।