राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार भेटवार्ता भएको छ । शीतल निवासमा बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुग्नु भएकाे हाे । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार यो नियमित भेटवार्ता भएको उल्लेख गरेको छ ।