नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै विकसित देशहरूभन्दा न्याय, समानता, पिछडिएका जातजाति, वर्गलाई अगाडि ल्याउने सन्दर्भमा नेपाल अगाडि रहेको बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आदिवासी जनजाति, महिला, दलित, पिछडिएको वर्ग, क्षेत्रलाई अगाडि बढाउन नेपालको संविधानले आरक्षण र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउनुभयो ।
संविधानले दिएको उपलब्धिप्रति सबैले गर्व गर्दै खुसी हुनुपर्ने भन्नुहुँदै अध्यक्ष ओलीले कसैले पनि पहिचानको राजनीति भन्दै साम्प्रदायिक द्वन्द्व बढाउन नहुने उल्लेख गर्नुभयो ।