हेटौंडा । गणतन्त्र दिवस – २०८१को  अवसरमा सोमबार हेटौंडामा  रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा हातेमालो बचत सहकारी संस्थाको सहयोगमक रक्तदान कार्यक्रम भएको हो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा हेटौंडा स्थित बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।
रक्तसंचार केन्द्रमा रगतको अभाव नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उहाँले यस्ता कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनुभयो । आफ्नो अमूल्य रगत दान गर्ने  सहयोगीलाई उहाँले धन्यवाद समेत दिनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, प्रवत्ता डा.खगेश्वर गेलाल,सुचना अधिकारी डा.रविन भुसाल लगायको उपस्थिति  रहेको थियो ।

हातेमालो सहकारीको १८ औं स्थापना दिवसको अवसर समेत भएकाले कार्यक्रममा सहकार्य गरेको सहकारीका सचीव सिताराम दाहालले जानकारी दिनुभयो  । कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, रक्तचापको ८० जनाले निस्शुल्क परिक्षण  गराएको दाहालले जानकारी दिनुभयो ।