फाेटाे- एमाले सचेतक महेश बर्ताैलाकाे फेशबुकबाट

संसद्को जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूबीच पुनः छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा सभामुख घिमिरेसहित प्रधान मन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीका साथै तीन दलका प्रमुख सचेतक र सचेतकहरूको समेत सहभागिता रहेको छ ।
संसद्को गतिरोध अन्त्यका लागि हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप गृहकार्यका लागि नेताहरुवीच छलफल भइरहेको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण साउन १० गते यता संसद् बैठक सुचारु हुन सकेको छैन । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।