हेटाैँडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा हेटाैँडा उपमहानगरपालिका ईञ्चार्ज रामेश्वर रानाले पार्टी संगठनलाई वडा, टाेलहुँदै जनतामा पुर्याउनु पर्ने बताउनु भएकाे छ । नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा नं. ५ काे बैठकमा बाेल्दै नेता रानाले राष्ट्रियता, संघीय लाेकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्न र मुलुकलाई समाजवादसम्म पुर्याउन नेकपा एमाले बलियाे पार्टी बन्नुपर्ने बताउनु भयाे ।
उहाँले वर्तमान सरकार राष्ट्र, सुशासन, विकास र समृद्विकाे लागि प्रतिकुल रहेकाेले राष्ट्र र जनताकाे पक्षमा काम गर्नकाे लागि एमालेकाे सरकार आवश्यक रहेकाे बताउनु भयाे । पार्टीले संगठन निर्माण र परिचालनकाे लागि बार्षिक कार्ययाेजना बनाएर सबै स्थानीय तहमा विभिन्न जिम्मेवारीका साथ व्यापकरूपमा पार्टीपंक्ति परिचालित हुने बताउनु भयाे । बैठकले पार्टी सदस्यता, पार्टीकाे टाेल तथा जनसंगठनकाे वडा, सबै पार्टी सदस्यलाई संगठित गर्ने, सामुदायिक तथा सामाजिक संस्था जनहित अनुकुल परिचालन गर्ने जस्ता विषयमा बैठकमा निर्णय गरिएकाे ५ नं. पार्टी वडा कमिटीका उपसचिव ईश्वरी चालिसेले बताउनुभयाे ।
वडा अध्यक्ष पदम बजगाईँकाे अध्यक्षतामा भएकाे बैठकमा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरू हरिबहादुर महत, भाेजराज ढकाल, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला सदस्यहरू सुधिर थापा, सन्ताेष पाैडेल, जानकी चाैधरी, सरस्वति दाहाल, जिल्ला वित्त तथा काेष व्यवस्थापन विभागका सचिव विनाेद पुडासैनी, नगर अध्यक्ष शालिकराम पुडासैनी, सचिव बाेलबहादुर कार्कीनगर सदस्यहरू ज्ञानु थापा, रन्जिता सिलवाल, भीमा गुरागाईँ, शिव थापा, रूपक महतलगायतकाे उपस्थिति रहेकाे थियाे ।