त्रिभुवन आर्मी क्लबले भारतकाे ‘डुरान्ड कप’ मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेकाे छ । बुधवार आसामकाे साई मैदानमा भएकाे खेलमा आर्मीले दिल्लीसँग १–१ गाेलकाे बराबरी खेल्याे ।
खेलकाे ३९ औँ मिनेटमा दिनेश हेन्जनकाे गाेलबाट आर्मीले अग्रता लिएकाे थियाे । तर ८८ औँ मिनेटमा दिल्लीका गिरिक घाेस्लाले गाेल गर्दै खेल १–१ गाेलकाे बराबरीमा ल्याए । याे बराबरीसँगै आर्मीले दिल्लीसँग अङ्क बाँडेकाे छ ।
अब आर्मीले दोस्रो खेलमा आउँदाे साेमवार चेन्नईयनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा आर्मीले अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ । हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।