डढेलोका कारण हेटौंडासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । वायु प्रदूषण मापन केन्द्रहरुले अहिले हेटौंडासहित देशका धेरै ठाउँको हावा प्रदूषित भएको र हावाको गुणस्तर अस्वस्थकर भएको जनाएका छन् । हेटाैंडाकाे विभिन्न क्षेत्रकाे हावाको गुणस्तर मापन सूचक एक्यूआई १५४ पुगेको छ ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।
एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । वायु प्रदूषण बढ्नुमा मौसमी अवस्थासँगै डढेलो मुख्य कारण रहेको वातावरण विज्ञहरु बताउँछन् । डढेलोका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । बिहानैदेखि धेरै ठाउँको मौसम धुम्म भएको छ ।
आज पहाडी क्षेत्रका एकरदुई ठाउँको मेघगर्जनसहित चट्याङ पर्ने अनुमान रहेको छ । यस्तै, तराईका जिल्लामा दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।