मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र प्रहरी उपरिक्षकलाई स्वागत गरेको छ । कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर भर्खरै सरुवा भएर आउनु भएका प्रजिअ सुर्य प्रसाद सेढाईँ र प्रहरी उपरिक्षक सिताराम रिजाललाई स्वागत गरेको हो ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले नव आगन्तुक प्रजिअ सेढाईँ र प्रहरी उपरिक्षक रिजाललाई स्वागत तथा शान्ति सुरक्षा सम्बन्धि छलफल समेत गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका पूर्व प्रमुख एवम् संस्थाका मानार्थ सदस्य रघुनाथ खुलालले मकवानपुर जिल्ला शान्ति सुरक्षाका हिसाबले खासै समस्या नरहेको तर, लागुपदार्थ दुव्यर्शनीको ट्रन्जिटका रुपमा विकसित हुँदै गईरहेकोले त्यस तर्फ बिशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सबै राजनैतिक दलको सहयोग प्राप्त हुने समेत बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सेढाईँले प्रहरी प्रशासनले शान्ति सुरक्षा दिने कुरामा कुनै कमी नगर्ने बताउनुभयो । उहाँले समुदायको सकृयतामा नै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने हुँदा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी उपरीक्षक रिजालले मकवानपुरमा शान्ति, सुरक्षा कायम गर्ने आफ्नो दायित्व भएको बताउनुभयो । उहाँले सबै सरोकारवाला निकाय र विभिन्न संघ, संस्थाहरुको समन्वयमा कानुनको पालना गर्दै जिल्लाभित्र हुने अपराध न्युनीकरण गरी अपराधमुक्त बनाउन सधै तत्पर रहने बताउनुभयो । उहाँले लागुपदार्थ दुव्र्यसनी न्युनिकरणका लागि परामर्श जरुरी रहेको भन्दै त्यस्तो परामर्श दुव्र्यसनीलाई मात्र नभई उनिहरुका अभिभावकालाई समेत जरुरी रहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका मानार्थ सदस्य प्रकाश पौडेल, सिताराम बर्तौलालगायतको आतिथ्यता थियो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए ७ सेमेस्टरमा नेपाल टप गर्न सफल हेटौंडा–९ की सृष्टी महर्जनलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष बिनोद लामिछाने स्वागत मन्तव्य राख्नु भएको थियो भने, सचिव रमिला सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।