मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट माथी छलफलका लागि हिजो दिउँसो १ बजे बोलाईएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल राप्रपाको अवरोधका कारण साँझ पौने ६ बजेसम्मका लागि स्थगित भएको थियो । तर, सत्तारुढ दल तथा प्रतिपक्ष दल बीचको छलफल कुनै निष्कर्षमा नपुगेपछि बैठक आज बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
बैठकमा आज पनि विपक्षी दलले बिरोध गर्ने जनाएको छ । विपक्षी दलले मुख्यमन्त्री र केहि मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै यो संघियता विरोधी बजेटलाई कुनै पनि हालतमा पास हुन नदिने चेतावनी दिएका छन् ।











