सांकेतिक तस्विर

हेटाैंडा– नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएकाे छ ।

पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको साेमबार मृत्यु भएकाे मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुगेको छ ।