मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सुनैकै भरमा समाचार प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार जगतलाई आग्रह गर्नुभएको छ । रेडियो थाहासंचारको १२ औँ वार्षीकोत्सवको साताव्यापि कार्यक्रमका अवसरमा शुक्रबार आयोजित साईकल ¥यालिका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख खुलालले सुनेकै भरमा समाचार प्रकाशन÷प्रशारण गर्दा त्यसले समाजमा नकारात्मक प्रभाव पारेको बताउनुभयो ।

समृद्धिका लागि सञ्चार महत्वपुर्ण हुने भन्दै उहाँले आम सञ्चार माध्यमले सामाजिक परिवर्तनमा अग्रणी भुमिका खेल्नुपर्ने बताउनुभयो । गलत समाचारका कारण समाजमा नकारात्मकता बढ्ने हुनाले त्यस्ता प्रबृतिको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयाे । समृद्धिका लागि मिडियाले समाजलाई “के गर्ने” बाट “केहि गरौं” मा परिणत गर्न सक्नुपर्ने प्रमुख खुलालकाे भनाई थियो । सरकारले लिएको “सुखि नेपाली, समृद्धि नेपाल” को अभियानलाई सफल पार्न मिडियाको भुमिकालाई अझ प्रभावकारी बनाउन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले सामािजक उत्तरदायित्व अन्तर्गत सालक संरक्षणमा रेडियो थाहासंचारले देखाएको भुमिकाको प्रशंसा समेत गर्नुभयो ।

रेडियो थाहासंचारको १२ औँ वार्षीकोत्सवमाको साताव्यापि कार्यक्रमका अवसरमा शुक्रबार “नेपाल भ्रमण वर्ष सफल पारौै सालक संरक्षणमा भुमिका खेलौँ” भन्ने नाराका साथ साइकल ¥यालिको आयोजना गरेको हो । हेटौंडा ४ अजरअमर रोड स्थित रेडियोको प्राङ्गणाबाट सुरु भएको ¥यालि बुद्ध चोक, कान्तिराजपथ, सानोपोखरा, पिप्ले, क्याम्पाडाँडा, न्युरेनि, चौघडा, चुच्चेखोला हुदै हेटौंडा १७ स्थित सालक पार्कमा पुगेर समापन भएको थियो । ¥यालिमा ४० जना राइडर्सहरूको सहभागीता रहेको थियो । चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

फागुन १ गते बाट सुरु वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन हेटौँडामा पार्किङ व्यवस्थापन सम्बनधी अन्तरक्रिया, दोस्रो दिन रक्तदान कार्यक्रम आयोजना गरिउको तथा भोलि चौथो दिन आइतबार पत्रकार र भेट्रान्स समुह बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिनुभउको छ ।