हेटाैंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भएकाे छ । नेपालको इतिहाँस र भौगोलिक अवस्थाको सम्झना स्वरूप कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको मन्त्री दुलालको सचिवालयले जनाएको छ ।
केहिदिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको थियो । हालैमात्र भारतमा नयाँ सांसद भवनमा नेपालको समेत भूभागलाई समेटेर ‘अखण्ड भारत’को नक्सा राखिएको विषय सार्वजनिक भएको थियो । यसैबीच मेयर शाहको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राखिएको थियो । बालेनले ग्रेटर नेपालको नक्सा राखेपछी देशका विभिन्न गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतले ग्रेटर नेपालको नक्सा राखेका छन् ।
Home प्रदेश बागमती प्रदेश बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रीकाे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा