हेटौंडा । बागमती प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाइने भएको छ । आउँदो आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले पशुपन्छी तथा कृषिका लागि ३ अर्व बजेट छुट्याइएकाृ बताउनुभयो ।
उहाँले बताउनुभयो । प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साह गरिने उहाँले बताउनुभयो । उच्च प्रबिधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने मन्त्री लामाको घोषणा रहेको छ । पशु श्रोतकेन्द्र बिकासका लागि बजेट छुट्याइने उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्रराङ्गीक मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्र कृषक परिचयपत्र लागु गरिने भएको छ ।