हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री महादुर सिंह लामा तामाङले यस्तो घोषणा गर्नु भएको हो । भौतिक पूर्वाधार विकास विकासलाई जोड दिइए पनि आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ ।