हेटौंडा । मकावनपुरको बकैया गाउँपालिकाले एक साताका लागि विद्यालयमा पठनपाठन बन्द हुने भएकाे छ । अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको भन्दै शुक्रबार बसेको गाउँ शिक्षा समितिले वर्षे विदाबाट मिलान हुने गरि एक साता विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले शुक्रबार एक सूचना प्रकाशन गरेर आफ्नो पालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा केही दिनदेखी बढेको तापक्रमका कारण पठनपाठनमा नकारात्मक असर देखिएकोले जेठ २१ गते आइतबारबाट २७ गते शनिबारसम्म (एकसाता) विद्यालयको पठनपाठन बन्द गरिएको जनाइएको छ । साथै सुचनामा विदाको अवधिमा विद्यालयको प्रशासनीक गतिविधि भने नियमित संचादन गर्नु पर्ने जनाइएको छ ।