हेटौंडा– दैनिक जिविको पार्जनका लागि समस्यामा पर्दै आएका परिवारका बालवालिकाका लागि हेटौंडामा निःशुल्क डिप्लोमा कम्प्युटर शिक्षा प्रदान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा १६ र १७ मा रहेर कम्प्युटर शिक्षामा चासो राख्ने बिपन्न परिवारका बालवालिकालाई कम्प्युटर शिक्षा दिइएको हो ।
बेसिक शिक्षा लिइसकेका दुई वडामा रहेकालाई स्थानिय कम्प्युटर शिक्षा सञ्चालन समितिले डिप्लोमा कम्प्युटर शिक्षाको तालिम दिएको हो । छ महिने डिप्लोमा शिक्षा सकेका १६ र १७ का बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाण पत्र हस्तान्तरण गर्दै उज्जवल भविष्यको शुभकामना दिइन् ।
उनले बिद्यालय स्तरमा प्लस टु सक्ने बित्तीकै बैदेशीक मोहमा बालबालिका रहेकाले त्यसलाई रोक्नका लागि सोच्ने समय आएको बताइन् । उनले बैदेशीक यात्रा होइन नेपालमा नै भबिष्य खोज्ने वाताबरण बनाउन जरुरी रहेको बताइन् ।उपमहानगरका अन्य वडाहरुका बिद्यार्थिहरुलाई लक्षित गर्दै कम्प्युटर शिक्षा र लाईबेरीको व्यवस्थापन गर्ने बताइन् ।
उनले पैसाका कारण कम्प्युटर शिक्षा सहित क्याम्पस वा बिद्यालयमा अध्ययनका लागि समस्या भएमा उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताइन् । उनले आफुले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरीन् ।
त्यसक्षेत्रका कम्प्युटर शिक्षामा इच्छा राख्नेहरुलाई लक्षित गर्दै ५ वटा कम्प्युटरबाट सञ्चालन भएको तालिम केन्द्रमा अहिले १८ वटा कम्प्युटर रहेको छ । समितिले व्यवस्थापनका लागि केहि शुल्क लिएपनि बजारमा बेसीक र डिप्लोमा कक्षाका लागि लाग्ने भन्दा न्यून रहेको समितिका अध्यक्ष कृष्णबहादुर राईले बताए । दैनिक रुपमा शिक्षा लिने बिद्यार्थिको चाप उच्च रहेपनि बिधुत व्यवस्थापनका लागि इन्भटरको समस्या रहेको बताए । तालिमका लागि समितिले २ जना प्रशिक्षकको व्यवस्था गरेको उनले जानकारी दिए ।
समितिका अध्यक्ष राईको अध्यक्षतामा भएको प्रमाणपत्र बितरण तथा डिप्लोमा कक्षा समापन कार्यक्रममा हेटौंडा १७ का वडा सदस्य कृष्ण अधिकारी, १६ का सदस्य संगिता बिश्वकर्मा, रेडक्रस सोसाईटि १६÷१७ का सभापति राजकुमार बास्तोला लगाएतकाले सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । समितिले दैनिक रुपमा कम्पुटरको बेसिक र डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको छ ।