नेपालमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले बजारमा पाइने थरिथरिका पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न यो प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यताअनुरुप यो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा। शङ्कर ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ुयसबाट हरेक पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ। यस यन्त्रले पीपीई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिन्थेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्को एयसटिएम १६७१ मान्यताअनुरुप रगतमा भाइरस मिसाएर पीपीई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात् जीवाणुले कस्तो परिणाम दिन्छ यसबारेमा पनि जानकारी लिइन्छ ।ु नास्टले यो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेशन टेस्ट डिभाइस’ ९पीसीटी० नाम दिएको छ । यो यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीईलाई प्रमाणीकरण गरेर बजार प्रवर्द्धनका लागि सघाउने विश्वास नास्टले लिएको छ । नास्टले विभागसँग यन्त्रको आईएसओ मान्यता प्राप्त लिने क्रममा रहेको बताइएको छ