सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारलाई तीव्रता दिने भएको छ । नारायणगढ बुटवल र कमलाकञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।
कमला–ढल्केवर– पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा– लौकही, पथलैया–नारायणगढ र लमही– भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ । नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू हुने भएको छ । पूर्व– पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन भएको छ ।