हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका यादव थपलिया विजयी हुनुभएको छ । थपलिया ९६८ मतसहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी नेकपा माआवादी केन्द्रका उम्मेदवार यदुनाथ श्रेष्ठले ७३४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार गोपीराम मोक्तानले ७३ मत प्राप्त गर्नुभएको थियो । अहिले वडा नम्बर ८ को मतगणना भइरहेको छ ।