दाङ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र पूर्व मन्त्री हिराचन्द्र केसी एमालेमा फर्किएका छन् । उनीहरूसहित दाङ जिल्ला कमिटीका केही पदाधिकारी एमालेमा फर्किएका हुन् ।
शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले उनीहरूलाई एमालेका स्वागत गरेका थिए । एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् । एकीकृत समाजवादीले शुक्रबार नै पार्टीको हित विपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारबाही गरेको थियो ।