नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेस गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने लागेको हो ।
प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्य योजनाको प्रस्ताव तयार गर्ने बताइएको छ । स्थायी कमिटीले कार्य योजनाको प्रस्ताव तयार गरेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटीले तयार गरेको कार्य योजनाको प्रस्ताव पारित गर्ने एमालेको तयारी छ । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।