अर्थमन्त्री डा‍ प्रकाश शरण महतले आज प्रि-बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ । गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लाग्नुभएको हो ।
गत वैशाख २५ गतेदेखि प्रि बजेटका बारेमा छलफल भएअनुसार सांसदहरूले आ–आफ्नो धारणा राखिसक्नुभएको छ । अर्थमन्त्री महतले राष्ट्रियसभामा सांसदहरूले उठाउनुभएका सवालको जवाफहरू भने हिजै दिइसक्नुभएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।