नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला ३ सय रुपैयाँ बढेर तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार भने प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहे छ । यस्तैगरी, चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।