हेटौंडा। हेटौंडामा वृहत उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलन गरी जेठ ५ गते उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ । हेटौंडा ४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रिय उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हेटौंडा ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागीहरुको मूल्याङ्कनको आधारमा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ र सान्तवना हुने २ वटालाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका सचिव राजेन्द्र चौलागाईको संयोजकत्वमा व्यवस्थापन मूल समिति रहेको छ । यसैगरी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई नगद ३५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद २० हजार रुपैयाँ र सान्त्वना हुनेलाई नगद १० हजार रुपैयाँ २ वटा समूहलाई प्रदान गरिने छ । नृत्य प्रतियोगिताको लागि एक वडाको एक टिमको दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । नृत्य प्रतियोगिताको व्यवस्थापन समितिको संयोजकमा हरि गोपाल सापकोटा रहनु भएको छ । जेठ ५ गते हुने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा टोल विकास नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, हेटौंडा ४ नम्वर वडा कार्यालयका सचिव टीका कडेंललगायतको आतिथ्यता रहेको थियो ।