धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.७० अङ्कले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.२३ अङ्कले ओरालो लागेर ३९०.५२ मा सीमित भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल एक करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । हिमालयनको ४२ करोड ५६ लाख ५४ हजार ७०७ बराबरको कारोबार भएको छ ।
शिवम् सिमेन्ट २७ करोड ५५ लाख ९६ हजार ४२७, सोल्टी होटल २० करोड ८६ लाख ५० हजार ३१६, सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ करोड ६७ लाख ५७ हजार २९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख ८१ हजार ८६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।