नेकपा (माओवादी केन्द्र)ले बिहीबारसम्ममा पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने तयारी गरेको छ । बुधबार बसेको पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेका छन् ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार बस्ने बैठकले पार्टीमा पदाधीकारी पनि टुंगो लगाउने तयारी गरेको बताए । ‘संगठन सम्बन्धी एजेन्डामा आजको बैठक केन्द्रित भयो । संगठनमा केन्द्रीय कमिटी पश्चात टुंगोमा पुर्याउनुपर्ने केही विषयहरू छन् । केन्द्रीय कमिटीमा थप्नुपर्ने साथीहरू र पोलिटव्यूरो तथा स्थायी कमिटीमा साथीहरू थप्नुपर्ने छ,’उनले भने,’यस्तै पदाधीकारी चुन्ने विषय पनि छ । यी सबै विषयमा छलफल भयो । करिब करिब टुंगोमा पुगेका छौँ । भोलि बिहान बस्ने बैठकले टुंगो लगाउँछ । बैठक बिहीबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन ।