बङ्गलादेशकाे ढाकाबाट काठमाण्डौका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ । विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो । यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाण्डौ पठाइएको खबरमा उल्लेख छ ।











