देशका धेरै ठाउँमा अहिले बिहानको मौसम सामान्यतया सफा छ । दिउँसोपछि भने पहाडी जिल्लामा मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम अबको तीन दिनसम्म नै सामान्यतया सफा रहने अनुमान छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कराण दिउँसोपछि भने काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ । यसैबीच, केही दिन अघि परेको वर्षाका कारण तुवाँलो केही हटेको छ । तर, फेरि तत्काल वर्षाको सम्भावना नरहेकाले प्रदुषण बढ्ने अनुमान गरिएको छ ।