हेटौंडा । प्रगतिशील वन प्रविधिक संघ, बागमती प्रदेशको प्रथम अधिवेशन शनिबार हेटाैंडामा सम्पन्न भएको छ । प्रगतिशिल विचारधारा भएका वन प्राविधिकहरुकाे बागमती प्रदेश स्तरीय पहिलो अधिवेशन आज हेटौंडामा भएको हाे ।

प्रगतिशील वन प्राविधिक सङ्घ बागमती प्रदेशका संयोजक उत्तम चापागाईको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख आतिथ्यतामा भेला भएकाे हाे । अधिवेशनकाे उद्घाटन् गर्नुहुँदै पाैडेलले वनसँग सम्वन्धीत प्राबिधिकहरुले वनजंगलकाे संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयाे । उहाँले वन जंगलकाे संरक्षण गर्दै वनलाई पर्यटन र राेजगारीसंँग जोड्नुपर्ने बताउनुभयो । जंगललाई कसरी जिवीका संग जोड्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको पौडेलले बताउनुभयो । पहिलो अधिवेशनले उत्तम चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।