मकवानपुर– मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टीजेन विधिबाट गरीएको परिक्षणमा थप १ सय ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आज पिसिआर विधिबाट १७९ र एन्टीजेन विधिबाट ९० जनाको गरि कुल २६९ जनाको परिक्षण गर्दा १२८ जना र ३४ जना गरि थप १ सय ६२ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । आज सबैभन्दा बढी हेटौंडाका १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै थाहा नगरपालिकाका १४ जना, मकवानपुरगढीका ५ जना, मनहरीका ४ जना, बागमती र भीमफेदीका ३÷३ जना, इन्द्रसरोवरका २ जना तथा राक्सिराङ र बकैया गाउँपालिकाका एक÷एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ हजार ४ सय ४७ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट २८ जना र संस्थागत आइसोलेसनबाट ६ जना गरेर ३४ जना कोरोना मुक्त भएको कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । कोरोना संक्रमण मुक्त हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या संख्या ३ हजार ९ सय ६५ पुगेको उहाँले जानकारी दिनुभयो ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । योसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । हाल मकवानपुरमा १४ सय ३८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १३ सय ८५ जना घरमा र ५३ जना आइसोलेसनमा उपचारत रहेका प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।