file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डलाई कारबाही गर्न माग गर्दै तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
गठबन्धनको उम्मेदवारको प्रचार-प्रसारमा बहालवाला प्रधानमन्त्री हेलिकोप्टरमार्फत गएर उम्मेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएर आचार संहिता उल्लंघन गरेको भन्दै पौडेलले कारबाहीको माग गरेका हुन् । “गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ,” उजुरीमा भनिएको छ ।