सरकारले सार्वजनिक संस्थानबारे सुझाव दिन समिति गठन गरेको छ । मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको हो ।
सरकारले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र २०८० स्वीकृत गर्दै समिति गठन गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।