राष्ट्रपति रामचन्द्र पौडेललाई थप स्वास्थ्य उपचारका लागि छिमेकी मुलुक भारत लैजाने तयारी भएको छ । पेट र छातीमा देखिँदै आएको स्वास्थ्य समस्या सुधार नभएपछि चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत अहिले भारत लैजाने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल मङ्गलवार त्रि.वि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । यसअघि पनि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना भएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो ।