हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिका– ९ को लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाललाई सिफारिस गरिएको छ । सिफारिस समितिको बैठकले भेटवाललाई अध्यक्षमा सिफारिस गरेको हो। हेटौंडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो।